दुई वर्षअघि सम्झौता गरिएको माग प्रधानमन्त्री ओलीले कार्यान्वन गर्न दिएनन् : डा. केसी

काठमाडौं । १२ औं दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीले दुई वर्षअघि सम्झौता गरिएको माग प्रधानमन्त्री ओलीले कार्यान्वन गर्न रोकेको बताएका छन् ।

उनका अनुसार प्रधानमन्त्री ओली प्रधानमन्त्री हुँदा पाँचौ पटकको सत्याग्रहमा भएको र माग पूरा गर्ने सहमति गरे पनि कुनै पनि माग पूरा गरेका छैन् । उनले भने, उपलब्धि भएका कार्यहरु पनि प्रधानमन्त्री ओलीले गुमाएका छन् ।

अहिले आफूले राखेको ६ बुँदे माग सामान्य पूरा गर्न सक्ने माग रहेको उनले बताए । त्रिवि शिक्षण अस्पतालमा वरिष्ठको आधारमा नियुक्ति हुँदै आएकोमा प्रधानमन्त्री ओलीले अहिले आफ्नै कार्यकर्ता भर्ती गरेको आरोप लगाएका छन् । यो कुरा तत्काल सच्याउनुपर्ने उनले बताए ।

कोरोनाबाट अन्य रोगका बिरामीलाई गाह्रो भएको उनले बताए । मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गरेर कार्य गरे लकडाउन र निषेधाज्ञा गर्न आवश्यक नभएको डा। केसीले बताए ।

आफूले दुई वर्षअघि नै सातै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान खोलिनुपर्ने माग गरेको तर त्यो समयमा सम्झौता भए पनि प्रधानमन्त्री ओलीले सझौता कार्यान्वयन गर्न नदिएको उनको आरोप छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा नगरेको उनले बताए ।