विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड २७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख ३० हजार ९४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ९८ हजार ७७३ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ९१ हजार २२४ संक्रमितको मृत्यु भइसकेको छ ।