उपत्यकामा कोरोना अपडेट : थप ८१७ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँ जिल्लामा ६४९ सहित काठमाडौँ उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँमा २३५ महिला र ४१४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुरमा १६ महिला र २० पुरुषसहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ललितपुरमा ५० महिला र ८२ पुरुषसहित १३२ जनामा कोरोना पुष्टि भएको छ । यसैबीच आज नेपालमा थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । अहिले संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ । कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।