कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

हालसम्म ज्यान गुमाउनेको संख्या ६१४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र १२ पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा काठमाडौंका १ महिला र २ जना पुरुष, धादिङकी एक महिलाको मृत्यु भएको छ ।

त्यसैगरी सुनसरीका एक जना पुरुष, मोरङका २ पुरुष, सर्लाहीका एक पुरुष, ललितपुरका २ पुरुष, भक्तपुरका एक पुरुष, मकवानपुरका एक पुरुष, रुपन्देहीका एक पुरुष र नवलपरासीपूर्वका एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।