२४ घण्टामा विश्वमा ८ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ५७५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म विश्वमा १० लाख ६४ हजार ८३८ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ८३ हजार ३५९ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा ३ करोड ६७ लाख ५४ हजार ३९५ जनामा कोरोना संक्रमण देखिसकेको छ ।