कोरोना संक्रमित ट्रम्पले गरे र्‍यालीलाई सम्बोधन

एजेन्सी । कोरोना संक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक र्‍यालीमा देखिएका छन् ।

कोरोना भाइरसबाट संक्रमित ट्रम्प ह्वाइट हाउसमा उपचारकै क्रममा रहे पनि उनले एउटा र्‍यालीलाई सम्बोधन गरेका छन् ।

तस्वीर स् रोयटर्स
ह्वाइट हाउसमा भएको र्‍यालीलाई ‘शान्तिपूर्ण प्रदर्शन’ भनिए पनि त्यो ट्रम्पको चुनावी र्‍याली जस्तो भएको आलोचकहरूले बताएका छन्।

ट्रम्पले सम्बोधनको क्रममा आफूले कोभिड–१९ विरुद्धका औषधि लिन छोडेको र स्वास्थ्य राम्रो भएको बताए ।

तर ह्वाइट हाउस र उनको उपचारमा संलग्न चिकित्सकहरूले भने बिहीबार यता ट्रम्पको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिएको छैन ।

तीन दिनको अस्पताल बसाईपछि उनी ह्वाइट हाउसमै डाक्टरको निगरानीमा रहेका छन् ।

आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपतीय चुनाव हुँदैछ । उक्त चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेन ट्रम्पसँग प्रतिस्पर्धा गर्दैछन्।