उपत्यकामा १४१६ जनासहित देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १४१६ जनासहित देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको हो ।  यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । १७ हजार ६६६ होम र १३ हजार ६४९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२९ जनाको आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कुन कुन ठाउमा संक्रमित थपिए  ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४१६ संक्रमित थपिएका छन्, जसमध्ये ११४५ काठमाडौं, १६१ ललितपुर र ११० भक्तपुरका छन् ।

यस्तै बर्दियाका १०४ जना, रुपन्देहीका ९८, बाग्लुङ र कैलालीका ३६/३६ जना, अर्घाखाँचीका ३४, दाङका ३२, सप्तरीका २८, नुवाकोटका २५, कास्कीका २४, गोरखा र बाँकेका २०, कञ्चनपुरका १७, महोत्तरी र नवलपरासीका १३/१३ जना, उदयपुरका १२, बाराका ११ तथा कपिलवस्तु र डोटीका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लमजुङ, दैलेख र रुकुम पश्चिमका ९/९ जना, सिराहाका ७, धादिङका ६, मकवानपुरका ५, रौतहट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, र गुल्मीका ४/४ जना, मोरङ, सर्लाही, चितवन, दोलखा, नवलपुर, प्युठान र डोल्पाका ३/३ जना धनुषा, स्याङ्जा, पाल्पा, रुकुम पूर्व, कालीकोट, सल्यान, सुर्खेत र बैतडीका २/२ जना तथा ओखलढुंगा, झापा, सोलखुम्बु, पर्सा, तनहुँ, पर्वत, रोल्पा, जुम्ला, अछाम र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।