दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचक आइतबार १३ दशमलव ३७ अंकले घटेर १ हजार ५ सय ७६ दशमलव २७ अंकमा झरेको छ ।

यसैगरी ‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ ।

सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले घटेर ३११ दशमलव ७३ अंकमा झरेको छ ।

दिनभर १९३ कम्पनीका कारोबार भएका छन् ।

जसमा ३७ हजार ५ सय १५ करोबारबाट ९२ लाख ८१ हजार ४ सय ७८ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५ सय ९९ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये फाइनान्स बाहेक सबै राताम्मे भएका छन् ।

फाइनान्स भने १७ दशमलव ५ अंकले बढेको छ । कारोबार रकमका आधारमा आइतबार आइसीएफसी फाइनान्स कम्पनी देखिएको छ ।

दोस्रो नम्बरमा भने रिढी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी देखिएको छ ।