शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस पुष्टि भएको छ ।

शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए ।

उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् । यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।