एकैदिन विश्वमा ५ हजार ४९७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ५ हजार ४९७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म विश्वमा १० लाख ७० हजार ३५५ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ४७ हजार ५२६ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा ३ करोड ७१ लाख ९ हजार ८५१ जनामा कोरोना संक्रमण देखिसकेको छ ।