आजको मौसम अपडेट : तीन प्रदेशका केही स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले मुलुकभरको मौसममा आंशिक बदली भएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम उत्तर पश्चिमी दिशातर्फ सर्दा मौसममा बदली भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षाको सम्भावना छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ ।