विश्वमा कोरोनाबाट १० लाख ७४ हजारको मृत्यु

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ७४ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ७४ हजार ८१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४४१ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ७ हजार ४०३ संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख २३ हजार ६६० पुगेको छ ।