साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घट्यो

काडमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घटेको छ । नेप्से परिसूचक ९.४२ अंकले घटेर १ हजार ५ सय ६८ दशमलव ५९ अंकमा झरेको छ ।

मंगलबार व्यापार, उत्पादनमूलक र म्युचुअल फन्ड बाहेकका सबै कम्पनीहरु राताम्मे देखिएका छन् ।

मंगलबार दिनभर भएका २८ हजार ६ सय ४० कारोबारबाट १९३ कम्पनीका ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता सेयर किनबेच भएका छन् ।

जसमा १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।