नेकपा संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त

काठमाडौं । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् । कालीकोटका प्रदेशसभा सदस्य शाहीलाई मुख्यमन्त्री तथा दलका नेताले सचेतक नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि उनले माधव नेपालसमूहसँग सहमति गरेका थिए । सचेतक र तीन मन्त्री दिने सहमतिपछि दुई पक्षबीच कुरा मिलेको छ ।

मुगुका चन्द्रबहादु शाहीलाई भौतिक पूर्वाधार तथा विकासमन्त्री बनाउने तयारी भएको छ । दैलेका अमरबहादुर थापा र जाजरकोटका करवीर शाहीको भने मन्त्रालय टुंगो लागिसकेको छैन ।