दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छैन : उद्योगमन्त्री भट्ट

पुस २५ गतेभित्र उखु किसानको ८० प्रतिशत रकम भुक्तानी : उद्योगमन्त्री भट्ट –  देशसञ्चार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको बताएका हुन् । उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनै पनि खाद्यान्‍नलगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गरेका छन् ।

तर विश्व बजारमै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक–दुईवटा वस्तुमा मूल्यवृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टले बताए । उनले भने, ‘‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ । त्यसैले कहीं पनि समस्या आएको छैन । केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला नत्र खाद्यान्‍नलगायत दैनिकी वस्तुहरु हुन त्यसमा महँगी भन्‍ने छैन ।

अब एकाध वस्तुमा हुनु स्वभाविक हो । हिजो पनि हुन्थ्यो ।’’ अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्‍नेमा मन्त्रालयको ध्यान केन्द्रित भएको पनि उनले बताए ।