२४ घण्टामा २६३८ कोरोना संक्रमित थपिए

काठमाडौं । देशभर कोरोना भाइरसका थप दुई हजार ६३८ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६३८ संक्रमित थपिएका हुन् । शभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार १७४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८० हजार ९५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख २१ हजार ३८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १४ हजार ८१९ जना र होम आइसोलेसनमा २१ हजार ५४८ जना रहेका छन् । आजसम्म देशभर चार हजार ६६६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

आइतबार देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५५२ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार देशभर २२ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर चार हजार ४७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ४७३ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको थयो ।

मंगलबार देशभर तीन हजार ५५६ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५०३ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १८ जनाको मृत्यु भएको थियो ।