उपत्यका कोरोना अपडेट : एकैदिन थप १४०३ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ४०३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ कोरोना संक्रमित थपिएका हुन् ।

मंगलबार काठमाडौंमा १७४६, ललितपुरमा १६७ र भक्तपुरमा २१६ गरी दुई हजार १२९ कोरोना संक्रमित थपिएका थिए ।  सोमबार काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ गरी दुई हजार २८३ कोरोना संक्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा ११४५ , ललितपुरमा १६१ र भक्तपुरमा ११० गरी एक हजार ४१६ कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा देशभर चार हजार ४७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।