२४ घन्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो ।  मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । 

सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।