बुढीगण्डकीमा ओली र प्रचण्डले घुस लिएको प्रमाण देखाउ : नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले बुढीगण्डकी जलविद्युत आयोजनामा घुस लिएको भनी डा.बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको बताएका छन् ।

नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती पनि दिएको छ । केही दिनअघि गृहजिल्ला गोरखामा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र ले शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएका थिए ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार प्रेस वक्तव्य जारी गरी भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको भन्दै पूर्ण रुपमा खारेज र भत्र्सना गरेको बताएका छन् ।  उनले त्यससम्बन्धी कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिएका छन् ।