प्रदेश २ मा एक सय संक्रमित थपिए ,एक जना मृत्यु

जनकपुर । सप्तरीमा कोरोना संक्रमित भएका ५१ वर्षीय एक जना पुरुषको बुधबार मृत्यु भएको छ ।

राजविराज नगरपालिका–६ घर भएका ती पुरुषको कोरोनाकै कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि भएको छ ।

बुधबार प्रदेशका विभिन्‍न जिल्लामा एक सय जना संक्रमित थपिएका छन् ।

धनुषामा ५४ जना, महोत्तरीमा पाँच जना, सिरहामा नौ जना, बारामा सात जना, पर्सामा १५ जना, रौतहटमा एक जना, सप्तरीमा सात जना र जिल्ला खुल्न नसकेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनुषामा थप ५४ जना संक्रमित भएकोमा २९ जना जिल्ला नापी कार्यालयकै कर्मचारी भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तीन दिन अघि एक जना कर्मचारीमा कोरोना पुष्टी भएपछि कार्यालय बन्द गरी सबै कर्मचारीको स्वाब जाँचको लागि संकलन गरिएको थियो ।