नेपोली उपस्थित नहुँदा युभेन्टस विजयी घोषणा

नेपोली उपस्थित नहुँदा युभेन्टस विजयी घोषणा

एजेन्सी । इटालियन सिरी ए फुटबल लिग आयोजकले युभेन्टसलाई खेल्दै नखेली एक खेलको विजेता घोषणा गरेको छ । अक्टुबर ४ मा निर्धारित खेलको लागि नेपोली टुरिन भ्रमणमा नआएपछि सिरी एले युभेन्टासलाई विजेता घोषणा गरेको हो ।

सिरी एले नेपोली र युभेन्टसबीचको खेलमा युभेन्टसलाई ३९० ले विजयी घोषणा गरेको छ । नेपोलिका खेलाडीमा कोरोना पोजेटिभ आएपछि अक्टोबर ४ का लागि तय भएको खेलका लागि टोलिको टुरिन यत्रामा रोक लगाएको थियो ।

यससँगै नेपोलिलाई एक अंक फाइन समेत गरेको छ । खेलमा उपस्थित नभएका कारण नेपोलिको एक अंक कटौतीको सजाए दिएको जनाएको छ । टुरिन यात्रा पूर्व नेपोलिका क्लब स्टाफ सदस्यसहित दुई खेलाडी पीओटर जिएलिन्स्की र एल्जिफ एल्मासलाई कोरोना संक्रमण पुष्टि भएको थियो । क्लब स्टाफ र खेलाडीमा कोरोना पुष्टि भएपछि स्थानीय स्वास्थ्य अधिकारीहरूले नेपोलीलाई खेलमा जान रोक्न बाध्य पारेको जनाइएको छ ।

नेपोली खेलका लागि उपस्थिति हुन नसके पछि खेल सुरु हुने समयदेखि ४५ मिनेटपछि रेफ्रीले खेल स्थगित गरेका थिए । त्यसपछि नेपोलिले सोही खेल पछि अवस्था सहजीकरण भएपछि पुनः तय हुने विश्वास गरेका थिए । तर सेरी एले त्यसो गरेन ।

एक विज्ञप्तिमा भनिएको छ, नेपोलिले टुरिन यात्रा नगर्ने विषयमा खेलको दिन मात्र जानकारी गराएको थियो । तर क्लबले पहिले नै यस बारे निर्णय गरिसकेको र जानकारी दिइसकेको जनाएको छ । खेल स्थगित भएपछि युभेन्टसका अध्यक्ष एन्ड्रिया अग्नेलीले आफ्नो क्लबलाई विजयी घोषणा गर्नु माग गरेका थिए । त्यसपछि सिरी एले अक्टोबर ४ मा स्थगित भएको खेलको विजेता युभेन्टसलाई बुधबार घोषणा गरेको हो ।