सञ्चार सेट बोकेर हिड्ने नक्कली प्रहरी पक्राउ

काठमाडौँ । सञ्चार सेट बोकेर हिड्ने नक्कली प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्ने २८ वर्षीय गोबिन्द खड्का छन् । रामेछाप खाँडोदेबी गाउँपालिका– ६ स्थायी ठेगाना भएका उनी काठमाडौँको टोखा नगरपालिका बाँनियाटार बस्दै आएका थिए ।

हार्डवेयर सामान डेलिभरीको काम गर्ने उनलाई सिंगापुरे १४४ एमएचजेडको सञ्चार सेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट सञ्चार सेटसहित गोबिन्द खड्का नाम लेखिएको नेमप्लेट, प्रहरीको यूनिफर्म, सिठी, मोटरसाइकल र विभिन्न ब्राण्डका मोबाइल बरामद गरेको छ ।

राति व्यवसाय चलाउने ठाउँमा गएर प्रहरी भन्दै धम्क्याउने उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।