मौसम अपडेट : केही प्रदेशमा आंशिक बदली र वर्षाको पूर्वानुमान

काठमाडौँ । मुलुकका केही प्रदेशको मौसममा आंशिक बदली भएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भई आज एकाध ठाउँमा आज दिउँसो र राति हल्का वर्षाको सम्भावना छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा दिउँसो र राति हल्का हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ ।