२४ घण्टामा विश्वमा ५ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ५ हजार २९७ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ४ हजार २५४ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

हालसम्म विश्वमा १० लाख ८९ हजार ४७ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ३६ हजार ५१५ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा ३ करोड ८३ लाख ९४ हजार १६९ जनामा कोरोना संक्रमण देखिसकेको छ ।