कोरोना संक्रमितको संख्या विश्वभर ३ करोड ८३ लाख

एजेन्सी। कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ८३ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ९४ हजार १६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ३६ हजार ५१५ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ८९ हजार ४७ संक्रमितको मृत्यु भइसकेको छ ।