कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ८९ हजार

एजेन्सी । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ८९ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ८९ हजार ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २९७ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ३६ हजार ५१५ संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ९४ हजार १६९ पुगेको छ ।