एकैदिन विश्वमा ३ लाख ३६ हजारमा कोरोना पुष्टि

एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३६ हजार ५१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ९४ हजार १६९ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ८९ हजार ४७ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २९७ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।