फ्रान्समा भयावह बन्दै दोस्रो लहरको संक्रमण

एजेन्सी । फ्रान्समा दोस्रो लहरको कोरोना संक्रमण भयावह बन्दै गएको छ ।

दोस्रो लहरको संक्रमण शुरू भएयता बिहीबार एकै दिन ३० हजार ६ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ८८ जनाको मृत्यु भएको छ ।

संक्रमण बढ्दै गएपछि फ्रान्सले राजधानी पेरिससहित ९ वटा शहरमा शनिबारदेखि कर्फ्यू लगाउने घोषणा गरिसकेको छ।

विश्व स्वास्थ्य संगठनले मनिसहरुको जीवन जोगाउन जनस्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आवश्यक रहेका बताएको छ।

यूरोपमा लाखौँ मानिसहरुलाई कोरोनाको दोस्रो लहर सुरु हुने क्रममा रहेकोले नयाँ गाइडलाइन्सको पालना गर्न आह्वान गरिएको छ ।