चितवनमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड–१९ ल्यावमा गरिएको ३०५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ५१ जना चितवनका हुन् भने बाँकी ४ जनामा तीन जना पाल्पाका र एक जना रूपन्देहीका छन् ।

भरतपुर अस्पतालले बिहीबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका २ वर्षीय बालकसहित ९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्तीका ११ पुरूष र ९ महिला, खैरहनीका ४ पुरूष र ४ महिला, रत्ननगरका १ पुरूष र कालिकाका २ पुरूष र ३ महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।