संक्रमितको उद्धार गर्न सुरु भयो सिम्रिक एयरको ‘एयर एम्बुलेन्स’ सेवा

काठमाडौं । सिम्रिक एयरले कोरोना संक्रमितहरुको उद्धारका लागि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ ।

पहिलो पटक सिम्रिक एयरको हेलिकोप्टरले सोमबार बुटवलबाट एक कोरोना संक्रमितलाई हृयाम्स अस्पताल ल्याएको थियो ।

सरकारले हालै मात्र सुरक्षा मापदण्ड अपनाएर हेलिकप्टरबाट उद्दार गर्नेसम्बन्धी मापदण्ड बनाएको थियो ।

सिम्रिक एयरले आफ्नो पाँचमध्ये दुई वटा हेलिकप्टर कोरोना संक्रमितको उद्धारका लागी छुट्याएको जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले गत सोमबार नै सूचना जारी गर्दै सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न अनुमति प्रदान गरेको जानकारी गराएको थियो ।