सरकार कोरोनाप्रति गम्भीर देखिएन दशैंपछि आन्दोलन गर्ने देउवाको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकोले दशैं लगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिने बताएका हुन् ।

कांग्रेसले गठन गरेको कोभिड १९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दशैं लगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोधका कार्यक्रम गर्ने बताए ।

कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनले बताए।

औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटरलगायत व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनै पनि काम जिम्मेवारीपूर्वक नगरेको उनले आरोप लगाए ।