सांसद निरु पाललाई थप उपचारका लागि काठमाडौं ल्याइयो

कञ्चनपुर– कोरोना पोजेटिभ देखिएपछि गृह जिल्ला कञ्चनपुरमै उपचार गराइरहेकी प्रतिनिधि सभाकी सांसद निरु पाललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

संघीय संसदको महिला तथा सामाजिक समितिकी अध्यक्ष समेत रहेकी पाललाई बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको थियो।

निमोनिया, मुटु तथा फोक्सोको पुरानो बिरामी समेत रहेकी सांसद पाललाई थप उपचारका लागि शुक्रवार काठमाडौं ल्याइएको हो ।