भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ३२ हजार

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २१२ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कुल कोरोना संक्रमितको संख्या ७४ लाख ३२ हजार ६८० पुगेको छ ।

भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार ९९८ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ८३७ संक्रमितको मृत्यु भएको छ ।

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।