काठमाडौं उपत्यकामा १६९८ सहित देशभर २९४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९८ सहित देशभर २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाएको छ ।

देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् ।