दसैंमा ३ दिन कोरोना परीक्षण नगर्न प्रयोगशालाहरुलाई निर्देशन

काठमाडौं । कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाई दसैंका तीन दिनबाहेक नियमित सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दशैको नवमी, दशमी र एकादशीबाहेका अन्य दिन प्रयोगशालाहरुले नियमित कोरोना परीक्षण गनुपर्ने बताएका छन् ।

उनका अनुसार यी तीन दिनमा पनि परीक्षणको चाप भएमा भने परीक्षणलाई नियमित गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।