कोभिडका बिरामीका लागि सबै अस्पतालले ५० प्रतिशत बेड छुट्याउ स्वास्थ्य मन्त्रालयको निर्देशन

कोभिडका बिरामीका लागि सबै अस्पतालले ५० प्रतिशत बेड छुट्याउ स्वास्थ्य मन्त्रालयको निर्देशनकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडका बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित ५० प्रतिशत बेड छुट्याउन भनेको हो । यसअघि अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई ३३ प्रतिशत बेड छुट्याउन भनेको थियो । तर संक्रमण बढेसँगै कम्तिमा ५० प्रतिशत सबै प्रकारका बेड छुट्याउन भनिएको हो ।

साथै कोरोना संक्रमितको डिस्चार्ज अवधि पनि घटाएको छ । अब पछिल्लो तीन दिनमा लक्षण देखिएको छैन भने १० दिनमा डिस्चार्ज गर्न भनेको हो । यसअघि १० दिनमा पीसीआर गर्ने र पोजेटिभ आए १४ दिनमा टेष्ट नगरी पठाउन भनिएको थियो ।