दशैं भत्ता फिर्ता गरे कांग्रेस सांसद थापाले

काठमाडौं । नेपाली कांग्रेस सांसद गगन थापाले दशैंभत्ता वापतको ६४ हजार ७० रुपैयाँ संसद सचिवालयमा फिर्ता गरेका छन् ।

सांसद थापाले आज दशैंभत्ताबापत सचिवालयले दिएको रकम नगद नै लेखा शाखामा फिर्ता गरेका हुन् ।

कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सांसदहरुलाई दशैंभत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने उनले बताए ।

सांसद थापाले आफूलाई थाहा नै नदिई दशैंभत्ता दिएको भन्दै फिर्ता लैजान समेत पत्रमार्फत आग्रह गरेका थिए ।

सांसद थापा कोरोनाका कारण अहिले होम आइशोलेसनमा छन् । उनले सचिवालयमार्फत रकम फिर्ता गरेका हुन् ।