अमेरिकामा संक्रमितको संख्या ७९ लाख ६६ हजार

एजेन्सी । अमेरिकामा कोरोना संक्रमितको संख्या ७९ लाख ६६ हजार ७२९ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ६९ हजार ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म २ लाख १७ हजार ७१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९९८ संक्रमितको मृत्यु भएको छ ।

पछिल्ला केही दिन यता अमेरिकामा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको छ ।

अमेरिका कोरोनाका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित देश हो ।