प्रिमियर लिगमा टोटेनहम र वेस्ट ह्यामको खेल बराबरी

टोटेनहमलाई वेस्ट ह्यामले बराबरीमा रोक्यो, इन्जुरी टाइममा गोल गरेको भिल्लाको  चौथो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र वेस्ट ह्याम युनाईटेडबीचको खेल बराबरी भएको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्यामसँग ३–३ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।

टोटेनहमका लागि ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल थपे ।

वेस्ट ह्यामका फाबियन बालबेउना र मानुएल लानजिनीले एकरएक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको पहिलो मिनेटमै सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए ।

खेलको १६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३–० ले अघि रह्यो ।

तर, दोस्रो हाफमा वेस्ट ह्याम खेलमा फर्कियो । खेलको ८२औं मिनेटमा फाबियनले गोल गर्दै वेस्ट ह्यामलाई ३(१ को स्थितिमा ल्याए ।

खेलको ८५औं मिनेटमा टोटेनहमका डेभिनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३(२ को अवस्थामा आयो ।

त्यसपछि खेलको ९० औं मिनेटमा मानुएलले गोल गर्दै खेल ३–३ को बराबरी गर्दै वेस्ट ह्यामलाई हारबाट जोगाए ।

वेस्ट ह्यामसँगको खेलसँगै ग्यारेथ बेलले वेस्ट ह्यामका लागि डेब्यु गरेका छन् । रियल मड्रिडबाट एक सिजनका लागि लोनमा आएका बेल ७२ औं मिनेटमा स्टेभेनको स्थानमा मैदान छिरेका थिए ।

बराबरीसँगै टोटेनहमले ५ खेलमा ८ अंक जोडेको छ । टोटेनहम तालिकाको छैठौँ स्थानमा रहेको छ ।

५ खेलमा ७ अंक जोडेको वेस्ट ह्याम भने आठौं स्थानमा रहेको छ ।