उपत्यकाका २३८८ जना सहित थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये २३८८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २००८ जना, ललितपुरका २८२ र भक्तपुरका ९९ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । उनीहरुमध्ये ७८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९४ हजार ५०१ जना संक्रमणमुक्त भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा मात्र २३३५ जना संक्रमणमुक्त भएका हुन् ।

देशभरमा ४० हजार ७७८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६ हजार ९२७ होम आइसोलेसनमा छन्