एकैदिन विश्वमा ३ लाख ३८ हजारमा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३८ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९९ लाख ४४ हजार ८८२ पुगेको छ । 

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख ११ हजार ९९८ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५५६ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।