विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ११ हजार

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख ११ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख ११ हजार ९९८ पुगेको छ । 

 

 

पछिल्लो २४ घण्टामा ४ हजार ५५६ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ३८ हजार ९६ संक्रमित थपिएका छन् ।  

 

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९९ लाख ४४ हजार ८८२ पुगेको छ ।