२४ घण्टामा विश्वमा साढे ४ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ५५६ कोरोना संक्रमितको मृत्यु भएको छ । 

हालसम्म विश्वमा ११ लाख ११ हजार ९९८ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

 

पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ९६ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

हालसम्म विश्वमा ३ करोड ९९ लाख ४४ हजार ८८२ जनामा कोरोना संक्रमण देखिसकेको छ ।