‘टिकटक स्टार’ अनलाइन प्रतिस्पर्धा आयोजना हुने

काठमाडौं । ‘टिकटक स्टार’ अनलाइन प्रतिस्पर्धा आयोजना हुने भएको छ । पछिल्लो समय सामाजिक संजाल टिक टक लोकप्रिय भइरहेका बेला यसका प्रयोगकर्ताहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।

एच.पी इन्टरटेन्मेटको आयोजनामा घरमै बसीबसी देशको विभिन्न स्थानमा रहेका नव प्रतिभालाई अनलाइनबाट प्रतिस्पर्धा गराइने छ ।  प्रतिस्पर्धाका विजेतालाई चलचित्रमा काम गर्ने अवसर दिइने आयोजकले जनाएको छ । प्रतिभा भएका तर अवसरवाट बञ्चित प्रतिभाका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान ‘टिकटक स्टार’ बन्ने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए ।

अनलाइनबाट नै प्रतियोगीतामा भाग लिन सकिने र विजेताहरुले चलचित्रका काम गर्ने अवसरका साथै कार, स्कुटर लगायतका अन्य थुप्रै आर्कषक उपहारहरु प्राप्त गर्ने आयोजकले जनाएको छ ।   कार्यक्रममा भाग लिन चाहने सहभागीले ए.पी इन्टरटेन्मेटको अनलाइन पोर्टल www.ppfilmy.com मा गएर दिएको निर्देशन अनुसार फर्म भरी भिडियो पठाउनु पर्नेछ ।  केही समय अगाडि उक्त संस्थाले नेपाली चलचित्र क्षेत्रमा केही नयाँ गर्न र नयाँ प्रतिभालाई फिल्म क्षेत्रमा आउन मौका दिनका लागि ’स्क्रिप्ट राइटिङ कम्पिटिसन’ सम्पन्न गराएको थियो ।