रोकिएन अजरबैजान र अर्मेनियाको युद्ध

एजेन्सी । दोस्रो पटक शान्ति सम्झौता भएको भनिएको अजरबैजान र अर्मेनियाबीच झन् धेरै भिडन्त भएको छ ।

बीबीसीका अनुसार काराबाखको उत्तरी र दक्षिणी क्षेत्रमा मंगलबार बिहानदेखि भिडन्त जारी छ ।

अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपनयानका अनुसार दक्षिण क्षेत्रमा युद्ध भइरहेको छ । उत्तरी क्षेत्रमा अजरबैजानका सेनाले एयरक्राफ्टको प्रयोग गरेको दाबी गरिएको छ ।

अस्थायी शान्ति सम्झौता उल्लंघन भएको भन्दै गत आइतबार फेरि नयाँ सम्झौता गरिएको थियो । त्यसपछि त्यहाँ शान्ति छाउने अपेक्षा गरिएकोमा झनै युद्ध बढेको छ ।

दुई देशबीच गएको सेप्टेम्बर अन्तिमबाट सीमा क्षेत्र नागोर्नो–काराबाख क्षेत्रमा भीडन्त भइरहेको छ । विवादित उक्त क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भएको उल्लेख छ। तर, त्यस क्षेत्रमा आदिबासी अर्मेनियनहरू बस्दै आएका छन् ।

सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा हजारौँ मानिसको ज्यान गएको थियो ।