यसपटक सशस्त्रले दसैँमा सार्वजनिक ठाउँमा पिङ नहाल्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले यसपटक दसैँमा पिङ नहाल्ने भएको छ । अघिल्ला दसैँमा सशस्त्रले सार्वजनिक स्थानमा सर्वसाधारणका लागी पिङ बनाउने गरेको थियो ।

देशभरका सशस्त्रको युनिट आसपास मानिस जमघट हुने स्थानमा पिङ हाल्ने कार्यक्रम यसपपटक स्थगन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) राजु अर्यालले बताए ।

डिआईजी अर्यालले भने–‘कोरोना संक्रमण जोखिमले गर्दा यसपाला पिङ नहाल्नु भनेका छौँ । दसैँमा पिङमा जमघट हुँदा कोरोना संक्रमणको जोखिम हुन्छ । सशस्त्रले अघिल्ला दसैँमा आफ्नै खर्चमा सर्वसाधारणका लागी पिङ हाल्ने गरेको थियो ।