एकैदिन कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २६ जनाको मृत्यु भएको हो ।

मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो ।  सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो ।

आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो ।

शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो ।  हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।