विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख २१ हजार

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख २१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख २१ हजार ८४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १९२ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ५० हजार ४२४ संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख ६५ हजार ४८३ पुगेको छ ।