यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्याचेस्टर सिटीको पुनरागन जित

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्याचेस्टर सिटीले पुनरागन जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले पोर्टोमाथि पुनरागमन जित निकालेको हो ।

घरेलु मैदान सिटी अफ म्यानचेस्टर स्टेडियममा भएको खेलमा घरेलु टोलीले पोर्टोमाथि ३–१ को पुनरागमन जित निकालेको हो । सिटीको जितका लागि सर्जिओ अगुईरो, लिक्या गुन्डोगन र फेरान टोरेजले एक एक गोल गरे । पोर्टोका लागि लुइस डियाजले एक गोल गरेका थिए ।

खेलको १४ औं मिनेटमा पोर्टोका लुइस डियाजले गोल गर्दै पाहुना टोलीलाई सिटीविरुद्ध अग्रता दिलाएका थिए । उनले उरिबेको पासमा गोल गर्दै पोर्टोलाई १–० को अग्रता दिलाए । तर, खेलको २० औं मिनेटमा म्यानचेस्टर सिटीका लागि सर्जिओ अगुइरोले गोल गरेका हुन् । उनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

पोर्टोको खेलाडीले पोनाल्टी क्षेत्रमा फाउल गरेपछि भीआरको मध्येमबाट रेफ्रीले सिटीलाई पेनाल्टी अवसर दिएको थियो । जसमा अगुइरोले गोल गर्दै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याका हुन् ।

त्यसपछि सिटीले दोस्रो हाफमा भने सिटीले थप दुई गोल गर्यो । खेलको ६५ औंमिनेटमा सिटीका मिडफिल्डर लिक्या गुन्डोगनले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । ७३ औं मिनेटमा फोडेनको पासमा टोरेजले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।

जितसँगै समूह सी मा रहेको सिटीले तीन अंक जोड्दै च्याम्पियन्स लिगको सुरुवात गरेको छ । पोर्टोले भने सुरुवाती अग्रता जोगाउन नसक्दा लिगमा खराब सुरुवात गरेको छ ।  समूह सीकै अर्को खेलमा ओलम्पियाकोसले मार्सेलेलेमाथि साँघुरो जित निकालेको छ । ओलम्पियाकोसको घरेलु मैदानमा भएको खेलमा मोर्सेले १–० गोलले पराजित भएको हो । जितसँगै ओलम्पियाकोसले पनि समूहमा तीन अंक जाडेको छ ।