एकैदिन विश्वमा ३ लाख ५० हजारमा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ५० हजार ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६ लाख ६५ हजार ४८३ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख २१ हजार ८४३ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १९२ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।